आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रलाद कुमार क्षेत्रीले नगरभित्रका सम्पुर्ण द्वन्द्व पिडितलाई शिक्षा,स्वास्थ्य रोजगार,आयआर्जन लगायत नगरपालिकाको हरेक अवसरमा योग्यता अनुसार समाबेश गराईने बताएका छन।
महोत्तरीको बर्दिवासमा बिहिवार समग्र जनउत्थान केन्द्र लहानले आयोजना गरेको द्वन्द पिडित कार्य समितीको अन्रक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन।
नगरप्रमुख क्षेत्रीले नगरभित्रका द्वन्द पिडितहरुको पहिचान गर्न चाँडै वडा कार्यालय मार्फत लगत संकलन गरीने उल्लेख गरे।
उनले हाल द्वन्द पिडित बालबालिकाकालागी नगरले क्षात्रबृतिको कार्यक्रम ल्याईसकेकोले सोहीअनुसार पिडित परीवारका बालबालिकाहरुले शिक्षा लिईरहेको जानकारी दिए ।
क्षेत्रीले पिडितकालागी अन्य कार्यक्रमहरुपनी नगरले कार्य बिधि बनाएर शिघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरे।
द्वन्द पिडित समिती बर्दिवासकी अध्क्षय दिपा लामाको अध्क्षयतामा बसेको बैठकले पिडितहरुको अघिल्लो बसेको बैठकको समिक्षा, हाल पिडितकालागी काम गरीरहेको परीयोजनाको बिषयमा छलफल, संस्थाबाट तालिम लिएर आएका बिषयको सिकाई, सामुदायिक अंकपत्रको छलफल, पिडितको आवश्यकताको पहिचान, सेवाग्रही र सेवा प्रदायक संगको अन्तरसंवाद लगायतका बिषयमा छलफल भएको थियो ।
