आज्ञा खबर
सप्तरी
सप्तरीको महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी बर्ष १३ की प्रिति कुमारी यादवको विष सेवनबाटे मृत्यु भएको छ।
धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बालिका तिरहुत गाउँपालिका–४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिइन्, सुरूमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिएपनि पछि धरान लगिएको हो। मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिए।
