आज्ञा खबर
काठमांडौ
नेपालको ‘जिउँदो शहीद’ भनेर चिनिन दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत काभ्रेका मुकेश कायस्थको बुधबार साँझ निधन भएको छ ।
कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ३२ बर्षको उमेरमा उनको निधन भएको हो ।
२०६२र÷६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ बर्षिया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो । त्यसपछि निरन्तर अस्पतालमा रहदैँ आएका मुकेश पछिल्लो समयमा भने स्वास्थ्यमा सुधार हुदैँ आएको थियो । उनी पछिल्लो समयमा हाँस्न, इशारा गर्ने र ह्विल चेयरमा बस्न सुरु गरेका थिए ।
आज उनको अन्त्येष्टी गरिने कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।





































