सर्लाहीको नारायण खोलामा जग्गा नापजाँच सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीे जिल्लाकै दुर्गम भेगमा पर्ने लालबन्दी नगरपालिका १४ नारायणखोलामा नम्बरी जग्गा निकै भएकाले (शनिबार) बाट जग्गा नापजाँच सुरु भएको छ ।

एैलानी तथा अव्यवस्थित जग्गामा बसोवास गर्नेहरुको जग्गा नाप्न सुरु गरिएको नेकपा एमाले नारायण खोलाका वडा कमिटी अध्यक्ष रोशन दोङले जानकारी दिए ।
नापजाँचको पहिलो दिनको सुरुवातमा मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, वडाध्यक्ष छेनामसिंह घिसिङलगायतको उपस्थितिरहेको थियो ।
पाखोभित्तामा बसोवास गर्ने नारायण खोलावासी अब आफू बसेको जग्गाको लालपूर्जा पाउने आशमा छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...