अस्पतालबाट ४ दिनपछि कर्जा उठाएर ल्याइयो बीरेन्द्र सदाको शव

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
विराटनगर स्थित न्यूरो अस्पतालमा पार्थिव शरिर बन्धक रहेको सिरहाको मिर्चैया नगरपालिका –५ निवासी नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्यस तथा समाजिक अभियन्ता वीरेन्द्र सदाको शव ल्याइएको छ ।

चार दिनदेखि “बन्धक” बनाएर राखेको सामाजिक अभियन्ता दलित अगुवा ३८ वर्षीय वीरेन्द सदाको शव शुक्रबार आफ्न्तजनले घर ल्याईएको हो ।

परिवारले उपचार खर्चको बक्यौता रकम तिर्न नसकेपछि विराटनगर स्थित न्यूरो अस्पतालमा शव ल्याउन परिवारजनले चन्दा सहयोग संकलन अभियान चलाउँदा समेत अस्पतालको उपचार रकम तिर्न नसकेपछी
कागज गरेर साहु महाजन संग २ लाख रुपैयाँ ऋणसमेत उठाएका छन्। गाउँघरमा डुल्दै तथा सामाजिक सञ्जालमार्फत सहयोगको याचना र कपाली कागज गरेर साहु महाजनबाट प्राप्त भएको रकमले बुवाको उपचार खर्च बुझाई शव ल्याएको छोरा अंकितले बताए ।

अस्पताल नजिकै रहेको आर्यन फार्मेसीलाई औषधि खरिद गरे वापतको २ लाख भन्दा बढी तथा श्रीमानको उपचारमा लागेको रकम मध्ये २ लाख भन्दा बढी रुपैयाँ बुझाएर शुक्रबार साँझ अस्पतालबाट शव बुझेको सदाको पत्नी मालतीले बताइन । उनले श्रीमान गुमाएको पीडा संगै ऋणको अर्को भार थपिएको सुनाइन ।

विपन्न परिवारका सदालाई ब्रेन ह्यामरेज भएपछि परिवारले उपचारका लागि २८ चैतमा विराटनगरको न्यूरो अस्पतालमा पु¥याएका थिए । २० दिनपछि बैशाख १९ मा उनको मृत्यु भएको थियो ।

उपचार वापतको सम्पूर्ण रकम तिरेर मात्रै शव लैजान पाउने भन्दै अस्पतालले रोकेपछि सदा परिवार रकमको जोहो गर्न भौंतारिका थिए । आर्थिक अवस्था कमजोर भएकाले उपचार वापतको बाँकी रकम तिर्न नसक्ने अवस्था उत्पन्न भएपछि सदा परिवारले शुरुमा स्थानीय साहुसंग हार गुहार गरेर कागज गरी २ लाख जुटाएर औषधि पसल र अस्पताललाई बुझाएको श्रीमती मालतीले बताइन । त्यतिले अस्पताल र औषधिको उपचार खर्च पुगेन ।

आईसियुमा राखेर लामो समय उपचार गर्दा अस्पतालको थप ३ लाख ३५ हजार तथा औषधि पसलको २ लाख ६५ हजार रुपैयाँ खर्च पुगेपछि आपूmहरु थप तनावमा परेको मृतकका भतिजा आशिषले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...