आज्ञा खबर
सर्लाही
सर्लाहीमा बिहीबार साँझ आफैले चलाउँदै गरेको साइकलबाट लडेर एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा चन्द्रनगर गाउँपालिका–७ नाढीका ७२ बर्षीय पल्टु सिंह रहेको सर्लाही प्रहरीले जनाएको छ ।
सिंह हरिपुरस्थित छोरीलाई भेट्न साइकलमा हिंडेका बेला चन्द्रनगर गाउँपालिका–३ बडकुर्वा–बबरगंज सडक खण्डमा साइकलबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले बताए ।
उनका अनुसार मृतक सिंह सडकबाट साइकलसहित करिव ५ फिट तल खेतमा मृत फेला परेका हुन् ।
प्रहरीले मृतकको शरीरमा अन्य कुनै चोट नदेखिएको र उनको साथबाट नगद ३० बरामद भएको जनाएको छ । परिवार श्रोतका अनुसार सिंह छोरीलाई नगद पु¥याउन हिँडेका थिए ।
उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ ।
