आज्ञा खबर
महोत्तरी
गर्मीयाम सँगै लामखुट्टेको प्रकोप बढ़न थालेपछि मटिहानीमा रहेको राजकीय संस्कृत माध्यमिक बिद्यालयमा अध्ययनरत छात्राबासमा बस्दै आएका ४० जना बिद्यार्थी(बटुक)हरुलाइ शुक्रवार मटिहानी नगरपालिकाले झुल बितरण गरेको छ ।
नेपालकै सबै भन्दा पुरानो संस्कृत बिद्यालयका रुपमा चिनिने सो बिद्यालयमा अध्ययनरत बिद्यार्थी(बटुक)हरुलाई झुल नहुँदा लामखुट्टेको प्रकोपले समस्या भईरहेको थियो ।
विद्यालयमा झुलको समस्या रहेको थाहा भएपछि तत्काल राहतका लागि नगर प्रमुख मंडलले बितरण गरेको बताईएको छ ।
उक्त झुल बितरण कार्यक्रममा शिक्षा संयोजक चन्देश्वर साह ,राजकीय संस्कृत माध्यमिक बिद्यालय मटिहानीका प्र.अ. ईश्वरी प्रसाद पौडेल , नेपाल तभभिखष्कष्यल इटहरीका समाचार प्रशोता भुमिका पाखरीन लगायत बिद्यालयका बिद्यार्थी (बटुक) हरुको सहभागिता रहेको थियो ।
