सिरहा:सिरहाको मिर्चैया नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।
बिहिबार पुनरबहालीलगायतको माग गर्दै स्थानीयले पालिका घेराउ गर्न पुग्दा झडप भएको थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले २७ राउण्ड हवाई फायर र ११ राउण्ड आश्रु ग्यास प्रहार गरेका थिए । प्रदर्शनकारीहरुले आफूहरूको माग नगर प्रमुख श्रवणकुमार यादवले पूरा नगरेको भन्दै प्रदर्शन गरिरहेका थिए । प्रदर्शनको समय प्रमुख यादव बाहिर नआएपछि प्रदर्शनकारीहरुले नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो । तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाईफायर, ११ सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार झडपका क्रममा पाँच प्रहरी घाइते भएका छन् ।





































