महोत्तरी: दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

[sharethis-inline-buttons]

 महोत्तरी: महोत्तरीमा बुधबार दिउँसो बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गौशालाबाट बर्दिवास जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका अन्दाजी २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरिले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका तीनै जनाको बर्दिवासस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...