कृषि औजारसहित मिटरब्याजपीडित सडकमा

[sharethis-inline-buttons]

काठमाडौं: सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौंमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् ।सिंहदरबार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरूले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्नेलगायतका माग राखेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौंमा प्रदर्शन गरेको हो ।
गत शनिबार सरकारले पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

साथै सरकारले आयोग गठन गरेर मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार उनीहरूले प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

१३ चैतमा काठमाडौंमा आएको मिटरब्याज पीडितसँग सरकारले पाँचबुँदे सहमति गरेको भए पनि अर्को समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो । सहमतिप्रति असन्तुष्ट समूहले सोमबार प्रदर्शन गरेको हो ।

सोमबार काठमाडौंमा आएका मिटरब्याज पीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर सोमबार पीडितले प्रदर्शन गरेका हुन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...