बाबुले १३ बषिय छोरीलाई बलात्कार गरी गर्भवती बनाएर फरार

आज्ञा खबर
बर्दिवास

महोत्तरीको बर्दिवास १० भित्री खोलास्थित भालुझोडामा बाबुले १३ बषिय छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएर फरार भएका छन् ।
विगत ५ महिनादेखि बलात्कारमा परेको यो घटना तीन दिनअघि मात्र बाहिर आएको हो । बालिकाले आमासँग आफ्नो पीडा पोखेपछि घटना सार्वजनिक भएको हो । आमाका अनुसार नाबालक छोरीमा गर्भबतीको लक्षण देिखएपछी गर्भ रहेको शङ्का लागेको थियो । कसको गर्भ हो भनी जति सोध्दा पनि केही नबोलेकी बालिकाले धेरै केरकार गरेपछि बल्लबल्ल ‘बुवाको हो’ भनेर रहस्य खोली’ की थिइन ।

आमा माइत गएको समय बाबुले छोरीमाथि बलात्कार गरेको थियो । स्थानीयवासीले घटनाप्रति प्रहरी प्रशासन र न्यायिक निकायलाई गम्भीर हुन आग्रह गरेको छ । आफ्नो पीडक बाबुमाथि हदैसम्मको कारबाही गर्न पीडित बालिकाको माग छ ।

हाल पीडित बलिकालाई बर्दिबासस्थित इलाका प्रहरीको संरक्षणमा राखी घटनाबारे बुझ्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...