आज्ञा खबर
सर्लाही
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य गुल्सन झालाई गृह नगर सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ८ को वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ । गुल्सन सोही वडाका वासिन्दा हुन् ।
नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन र एक दिवसिय मान्यता जोगाउन उत्कृष्ट खेल पस्किएका गुल्सनलाई
नगर परिक्रममा गराई सम्मान–पत्रबाट सम्मान गरिएको मलंगवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मुकेश कुमार जैसवालले जानकारी दिए ।
गुल्सनसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमका वैकल्पिक खेलाडी सर्लाहीको बरहथवा श्रीपुरका आसुतोष यादवलाई समेत सम्मान गरिएको वडाध्यक्ष जैसवालले बताए ।
