जंगली जनावरलाई थापेको करेन्टमा परेर बलरामा एक पुरुषको मृत्यु

आज्ञा खबर
सर्लाही
सर्लाहीको बलरा नगरपालिकामा जङ्गली जनावरलाई थापिएको करेन्टमा परी एक जनाको मृत्यु भएको छ ।

म्ृात्यु हुँनेमा बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरी रहेका छन।

भारतीय सीमावर्ती क्षेत्रस्थित रामअक्षय राति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारीलाई घेरेर थापिएको विद्युतीय करेन्टमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...