उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । यादवले पाँच सय १३ मत ल्याएका छन ।
उनका निकटतम प्रतिद्धि एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् ।

यादवले प्रदेशतर्फ तीन सय २९ र संघतर्फ एक सय ८४ तथा शाक्यले प्रदेशतर्फ एक सय ६९ र संघतर्फ एक सय चार मत पाएकी छिन् । यादवले कुल ३० हजार तीन सय २८ मतभार पाउँदा शाक्यको मतभार १६ हजार तीन सय २८ छ ।संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको थियो । निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ ।

रामसहायलाई समर्थन गरेकी जसपाकै प्रमिलाकुमारी यादवलाई समेत प्रदेशतर्फ एक मत प्राप्त भएको छ । जनमत पार्टीबाट उम्मेदवारी दिएकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ मत पाएकी छिन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता रहेकामा संघतर्फ तीन सय ११ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको थियो । प्रदेशतर्फ चार मत बदर भएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...