आज्ञा खबर
बर्दिवास
धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतोलाई अज्ञात समुहले आज बिहान छुरा प्रहार गरेका छन । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।
उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।
छुरा प्रहार घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको
र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।





































