हरिवनबाट बेवारिसे अवस्थामा छाडिएको नक्कली नोट बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
प्रहरीले सर्लाहीको हरिवन स्थित बेवारिसे अवस्थामा छाडिएको झोलाभित्रबाट नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिका–१०, सुखेपोखरीस्थित सडक छेउमा बेवारिसे अवस्थामा छाडिएको झोलाभित्रबाट नक्कली नोट बरामद गरेको होे झोलाभित्रबाट एक हजार दरको नक्कली नोट ५१ थान र नोट साइजको सादा कागज १२ बण्डल बरामद भएको हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए ।

बरामद गरिएको नक्कली नोट र अन्य कागज कार्यालयमा ल्याएर राखी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...