आज्ञा खबर
महोत्तरी
महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहाका भिखारी महतोको परिवारलाई दलितको भोज खाएको भन्दै सामाजिक बहिष्कार गरीएको छ ।
महतोले गाउँकै शुभनारायण राम (चमार)को घरमा गत पुस १९ गते छठिहारको भोज खाएपछि उनको परीवारलाई कोइरी समुदायले सामाजिक बहिष्कार गरेको हो।
महतोले सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने अडान उनको जातको छ ।
स्थानीय रामचन्द्र महतो, शंकर महतो, सितो महतो, जवाहर महतो, रामसृष्ठ महतो, दुखा महतो लगायतले चमारको भोज खाएको निहुँमा साकाजिक छलफमा दुर्व्यवहार समेत गरेको उनको गुनासो छ ।
शुभनारायणको घरमा भोज खाएयता भिखारीलाई गाउँघरमा हुने कोइरी, यादव समुदायको कुनै पनि भोजमा सरिक हुन दिइएको छैन ।
घटना पश्चात महतोले दोषीहरुमाथि कारबाही र न्याय माग्दै इलाका प्रहरी कार्याय गौशालामा उजुरी दिएका छन् । तर उजुरीमाथि प्रहरीले खासै चासो नदिएको उनको आरोप छ ।
शुभनारायणले पनि भिखारीलाई आफ्नो घरमा भोज खाएको निहुँमा अछूत भन्दै भातपानी बारेको बताए ।
यता इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भुवनसिंह कार्कीले महतोको उजुरी आएको र आरोपीहरुलाई बोलाएर सोधपुछ गर्ने कार्य भएको बताए ।
