आज्ञा खबर
धनुषा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले महोत्तरीको जलेश्वर मालपोत कार्यालयका नायव सुब्बालाई सेवाग्राहीसंग ९ हजार रुपैयाँ घुस लिँदलिँदै पक्राउ गरेको छ ।
आफ्नो सिमानाको जग्गा अर्कोलाई बेचिदिएकोमा सिमानादारले थैली जम्मा गरेर लिन खोज्दा पैसा मागेपछि नासु रामकृष्ण पण्डित पक्राउ परेका हुन् ।
पण्डित जग्गा कारोबारी मार्फत पैसा लिँदालिँदै घटनास्थलबाटै पक्राउ परेका हुन् ।





































