वीरगञ्जबाट स्रोत नखुलेको १८ लाखसहित २ जना भारतीय पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला रक्सौल नगरपालिका वडा नं ११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका छन।
सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटमा नियमित चेकजाँच गरिरहेको थियो ।
सोही क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको द्यच्ण्छब्त्डढटठ र द्यच्ण्छब्ख्टडठज्ञ नम्बरको भारतीय मोटरसाईकल सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो ।
उनीहरुले हेल्मेटमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम भेटिएको र स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...