प्रदेश सांसद कलवार एमाले प्रवेश

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशमा एमालेको सांसदको संख्या २५ पुगेको छ । रौतहट निर्वाचन क्षेत्र नं. ३ (क) स्वतन्त्र बाट निर्वाचित संसद केशव चौधरी शुक्रबार एमालेमा प्रवेश गरेपछी अब मधेश प्रदेशसभामा एमालेको संख्या २५ पुगेको हो।

चौधरीलाई मधेश प्रदेश संसदिय दलका नेता तथा मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादवले टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

संसदिय निर्वाचनमा २३ सिट जितेर मधेशको पहिलो दलको रुपमा उदाएको एमाले यसअघि पनि अर्का स्वतन्त्र सांसद शारदा शंकर कलवारलाई पार्टी प्रवेश गराएको थियो । कलवार बारा क्षेत्र नं.२ (क)बाट निर्वाचित संसद हुन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...