आज्ञा खबर
धनुषा
२०७४ माघ २१ गते पहिलो मधेश प्रदेश सभा बैठक बसेकोे अवसरमा आज मधेश प्रदेश सभाले आफ्नो पाँचौ स्थापना दिवस मनाउँदै छ ।
स्थापना दिवसको अवसरमा आज प्रदेश सभा सचिवालयमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान, उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण, केही दिनअघि देखि हुने गरेको खेलकुदको प्रमाणपत्र वितरण, मन्तव्य कार्यक्रम आयोजन गरेर स्थापना दिवस मनाउने क्रम जारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
दिबसको अवसरमा पत्येक वर्ष माघ १ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ ।





































