रवि लामिछानेको समर्थकद्वारा काठमाडौंमा प्रदर्शन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
सर्वोच्च अदालतको शुक्रबारको फैसला खारेज गर्नुपर्ने भन्दै रवि लामिछानेका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आज प्रदर्शन गरेका छन् ।
संवैधानिक इजलासले शुक्रबार गरेको फैसलाका कारण लामिछानेले एकै पटक चार पद गुमाएका छन् । सांसद पद बदर भएसँगै उनले उपप्रधान तथा गृहमन्त्री पनि छाड्नुपरेको छ । त्यस्तै आफ्नै पार्टीको सभापति र सदस्य बन्न पनि उनी अयोग्य सावित भएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएपनि रवि लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी बोकेको विषयमा अनुसन्धान हुन भने बाँकी नै छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...