आज्ञा खबर
काठमांडौ
राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी चैत १७ देखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्ड बैठकले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका आज सार्वजनिक गरेको छ।
तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने बताईएको छ।





































