आज्ञा खबर
महोत्तरी
मधेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मधेश प्रदेशबाट स्वतन्त्र उम्मेदवारी दिएर बिजयी भएका सुरिता साह र प्रमोदकुमार जयसवाल अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीमा प्रवेश गरेको संघीय सांसद प्रदीप यादवले जानकारी दिए।
स्वतन्भएर निर्वाचन लडेका दुबैजनालाई आज पार्टी अध्यक्षले खादा लगाएर पार्टीमा स्वागत गरेका छन।
नयाँ सांसद थपिएसँगै मधेश प्रदेश सभामा जसपाको सांसद संख्या १८ पुगेको छ।
