चामलको गोदाममा छापामारी

[sharethis-inline-buttons]

आज्ञा खबर

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका– ११ रानीघाट स्थित चामल गोदाममा छापामारी गरेको छ ।

अवैध तरिकाले भन्सार छली भित्रियाइएको चामल राखिएको आशंकामा रानीघाट स्थित ३ वटा चामलको गोदाममा छापामारी गरिएको छ । वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल एवं वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षकको संयुक्त टोलीले छापामारी गरेको जनाइएको छ । छापामारीको क्रममा पर्सा प्रहरीले ९ सय बोरा अवैध तरिकाले ल्याएको चामलको बोरा बरामद गरेको छ । बरामद गरिएको चामल भन्सारमा बुझाइने प्रहरीले जनाएको छ । बरामद गरिएको गोदामको नाम समेत रहेको छैन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...