सर्लाहीको दुर्गम भेगमा पुग्यो बिजुली

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलाको डाइनी खोलामा बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले निरन्तर प्रयासपछि जिल्लाको चुरे भेगको दुर्गम क्षेत्रमा पर्ने डाइनी खोलामा बिजुली पु¥याएको हो।

बिजुली पुगेपछि नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, वडाध्यक्ष छेनामसिंह घिसिङ र प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहले ट्रान्सफर्मरमा बत्ती बालेर बिजुलीको उद्घाटन गरेका छन्।

नारायण खोलाको मोटरदोभानतर्फ केही वर्षअघि नै बिजुली पुगेको थियो। डाइनी खोलातर्फ भने सत्रकट्ठाबाट पहिलो पटक बिजुली पु¥याएको लालबन्दी वितरण केन्द्रले जनाएको छ। वर्षौंको प्रतीक्षापछि गाउँमा बिजुली बाल्न पाएपछि स्थानीय खुशी भएका छन्।

स्थानीयले अहिले मिटर राखेर बत्ती बाल्न थालेका छन्। वडाध्यक्ष छेनामसिंह घिसिङले कतिपय पोल नहुँदा अझै धेरै घरमा बिजुली पुग्न बाँकी रहेको र त्यसका लागि वडाबाट निवेदन लेखेरै प्राधिकरणसँग ४ सयवटा पोल माग गरेको जानकारी दिए।

उनका अनुसार नारायण खोलाका करिब ९ सय घरधुरीमध्ये भर्खर ३ सय घरधुरी बिजुलीको पहुँचमा पुगेका छन्। त्यहाँको पन्ध्रबिघा, कामिटार, शिरुघारी, होमाले डाँडा, डाइनीशीरलगायत बस्तीमा बिजुली पुग्न बाँकी नै रहेको वडाध्यक्ष घिसिङले बताए। प्राधिकरणले क्रमैसँग सबै ठाउँमा विद्युत् पु¥याउने जनाएको छ।

लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहले पहाडी भेगजस्तै रहेको लालबन्दी १४ नारायण खोला र लालबन्दी १२ भालुखोपको डाँडापाखाका बस्तीमा निकै सङ्घर्षले बिजुली पु¥याइएको बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...