मधेस कांग्रेस संसदीय दलको नेता चुन्दै

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुर:नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदै छ । दलका नेताका लागि मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव र प्रदेशका पूर्वमन्त्री रामसरोज यादवले उम्मेदवारी दिनुभएको छ । पार्टीभित्र दलका नेतामा सहमति हुन नसकेपछि आज निर्वाचन हुन लागेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो। दलको नेताका लागि दुवैजनाले आज १० बजेभित्र उम्मेदवारी दर्ता गराएको हो ।संसदीय दलको निर्वाचनका लागि कांग्रेस पार्टीका मधेस उपाध्यक्ष चन्द्रशेखर यादको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिले नेताका लागि आज ३ देखि ४ बजेसम्म मतदान हुने जनाएको छ । मतदानपश्चात् आज ५ बजेभित्रमा परिणाम सार्वजनिक हुनेछ ।

मधेस प्रदेशमा कांग्रेस २२ सिट ल्याएर दोस्रो ठूलो दल बनेको छ । प्रदेश सभापति यादव पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् भने पूर्वमन्त्री यादव कांग्रेस नेता विमलेन्द्र निधिनिकट हुन् । कृष्णले रामसरोजलाई पार्टीको प्रदेश अधिवेशनमा सभापतिमा हराएको हो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...