मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोवीन्द बहादुर न्यौपानेको भोली शपथ ग्रहण

[sharethis-inline-buttons]

आज्ञा खबर
मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोवीन्द बहादुर न्यौपानेको शपथ ग्रहण बिहिबार हुने भएको छ ।

बिहीबार दिउँसो २ बजे प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई पद तथा गोपनीयताको शपथ खुवाउने जनाईएको छ ।प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार्यक्रम रहेको छ ।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...