अस्पताल सुधारका लागि सुझाव पेटिका स्थापना

[sharethis-inline-buttons]

आज्ञा खबर
अस्पताल सुधारका लागि नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुले बिरामी तथा उनका आफन्तबाट गुनासो र सुझाव संकलनका लागि सुझाव पेटिकासहितको साइन बोर्ड स्थापना गरेका छन् ।जनमत पार्टीबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं। २ बाट निर्वाचित डा। सीके राउत तथा सोही क्षेत्रको १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित क्रमशः सतिशकुमार सिंह र महेशप्रसाद यादवले शनिबार संयुक्त रुपमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र साइन बोर्ड र सुझाव पेटिका स्थापना गरेका छन् । सुझाव पेटिकाको नाम “जन आवाज” राखिएको छ । सुझावका लागि स्थापना गरिएको उक्त साइन बोर्डमा “तपाईको उपचार यस अस्पतालमा हुनसकेन, के कारणले हुनसकेन सो बारे लेखेर अस्पतालको पूर्जाको फोटो कपीसहित सुझाव पेटिकामा खसाल्नुहोस् ।, हामी सुधारका लागि आवश्यक पहल गर्ने छौं ।” भनि लेखिएको छ ।
“बिरामी र उनका आफन्तबाट बेला बेलामा विभिन्न खाले गुनासोहरु आउन थालेपछि यसको उचित व्यवस्थापनका लागि नयाँ जुक्ति निकालेको प्रदेशसभा सदस्य सिंहले बताए । अब सुझाव पेटिका मार्फत प्राप्त हुने सुझावलाई अध्ययन गरी अस्पतालमा सुधारका लागि विशेष पहल गछौं, अर्का प्रदेशसभा सदस्य यादवले भने, “यसबाट अस्पतालको धेरै समस्या समाधान गर्न मद्दत मिल्ने विश्वास छ ।” सुझाव पेटिका राखेको पहिलो दिनमै आधा दर्जन भन्दा बढी बिरामी र उनका आफन्तले आ–आफ्ना गुनासो र सुझाव राखेको अस्पतालले जनाएको छ

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...