आज्ञा खबर
धनुषा
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललियास्थित राम अशिष मण्डलको राईस मिलको फित्तामा बेरिएर महिलाको मृत्यू भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने महिन्द्र साहको ४५ बर्षिय श्रीमति रुदौलीबाली भन्ने कालोदेवी साहको मृत्यु भएको हो ।
विहिबार बिहान करिब ६ः३० बजेको समयमा फित्तामा बेरिएर उनको घटनास्थलमै मृत्यू भएको हो ।श्रीमान महिन्द्र साह बैदेशिक रोजगारीमा रहेको छिमेकीहरुले बताएका छन् । उनी विहानै घर खर्चाको लागि धान कुटाउन मिल पुगेकी थिइन् । मृत्यु पछी धनुषा प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउने कार्य गरिरहेको छ भने अनुसन्धान कार्य समेत प्रहरीले अगाडी बढाएको छ । घटनाको प्रकृति हेर्दा उनको टाउको र शरिर अलग भएको छ । प्रहरीले सोही शिराबाट अनुसन्धान थालेको छ ।





































