महोत्तरीमा ट्राफिकको सक्रियता

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
जिल्ला ट्राफिक कार्यालय महोत्तरीले क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरूको सहायताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थापना गरिएको छ । ‘विगतमा देखिएका समस्यालाई मध्यनजर गरी यात्रु सहायता कक्ष स्थापना गरेका हौ’ उनले भने, ‘यात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध समस्या सावधान हुने विश्वास लिएका छौ ।’

ट्राफिक नियमको उल्लङ्घन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाई आग्रह गरे । सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा व्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् ।
प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई निक्कै सक्रिय बनाएका छन् । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छड्के चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए ।

प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक व्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन् । ६ महिनाको अवधिमा नै उनले गौशाला नगरपालिका सँग समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन् । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरूलाई अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...