आज्ञा खबर
महोत्तरी
महोत्तरीको बर्दिबासका किसानहरुले आइतबार रेलवे विभाग काठमाडौंमा ज्ञापनपत्र बुझाएका छन् ।
मुआब्जा वितरणमा असन्तुष्टि देखाउँदै उनिहरुले ज्ञापनपत्र बुझाएका हुँन।
जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नतिका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा जिल्ला प्रशासन कार्यालय महोत्तरीले कायम गरेको रकम भन्दा पनी कम दिन खोजेको भन्दै पिडितहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले प्रति कठ्ठा १५ लाख रुपैयाँ मुआब्जा तोके पनि जनकपुर रेलवे कार्यालयले प्रतिकठ्ठा १० लाख रुपैयाँ मात्र मुआब्जा दिएका कारण आफूहरुले मुआब्जा नलिई रेलवे विभाग काठमाडौं आउनु परेको पीडितहरुले बताएका छन् ।
रेल्वे कम्पनीले बर्दीबासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न स्थानीयसँग प्रतिकठ्ठा ८ लाखदेखि ८१ लाखसम्मको मूल्यांकन राखी ५४ बिघा जग्गा अधिग्रहण गरेको थियो ।
अधिग्रहण गरिएका जग्गाका धनीहरुले मालमोतमा सहीछाप समेत गरिसकेर रेल्वे कम्पनीको नाममा सो जग्गा कित्ताकाट समेत गराईसकेका छन ।





































