चुरे संरक्षण अभियानी यादवलाई जनसेवाश्री मानपदवी

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

चुरे संरक्षण अभियानी नागदेव यादव जनसेवाश्री मानपदवीबाट विभूषित हुने भएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा सेवा गरेका ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संरक्षणकर्मी यादवलाई जनसेवाश्री मानपदवीबाट विभूषित गर्ने घोषणा गरेकी हुन् ।

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास महोत्तरीका अध्यक्ष समेत रहेका यादव विगत दुई दशकदेखि प्राकृतिक(जमिन, जंगल, जनावर, जडिबुटी) संरक्षणमा योग्दान दिँदै आएका छन् । उनले मधेशका जिल्लाहरुमा लामो समयदेखि चुरे संरक्षणका लागि अभियान चलाउँदै आएका छन् ।

त्यस अभियानको क्रममा उनी विभिन्न देशहरुको भ्रमण गरेका छन् भने अन्तराष्ट्रिय अवार्डहरु समेत हात पारेका छन् ।

संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सेवा गरेका व्यक्तिहरुलाई सरकारले मानपदवी, अलङ्कार र पदकले सम्मान गर्न लागेको हो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...