मधेशमा दलितको प्रतिनिधित्वको माग

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
देशभरि कुल जनसङ्ख्याको १३.८ प्रतिशत जनसङ्ख्या रहेमध्ये मधेशका दलित समुदायका अगुवाहरुले आगामी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मधेशी दलितको समानुपातिक समावेशी सहभागिता गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आयोगले भने कानुनमा मधेशी दलितको प्रतिनिधित्वबारे छुट्टै ब्यवस्था नरहेपनि राजनीतिक दलहरुसँग सो विषयमा परामर्श गर्ने बताएको छ ।

दलित अगुवाहरुले निर्वाचन आयोग पुगेर संसदमा मधेशी दलितको उपस्थिति शून्य रहेको भन्दै आफ्नो प्रतिनिधित्व सुनिश्चित गराइदिन आयोगको ध्यानाकर्षण गराएको हो । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मधेशी दलितका लागि अलग्गै आरक्षणको व्यवस्था नरहेपनि राजनीतिक दलहरुसँग छलफल गर्ने आश्वासन दिएको मधेशी दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष नरेन्द्र पासवानाले बताए ।
पासवानले तराई मधेशका २२ जिल्लामा १३.८ प्रतिशत हिस्साको ५० प्रतिशत मधेशी दलित रहेपनि प्रतिनिधित्व भने शून्य रहँदै आएको दाबी गरे

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...