धनुषामा छोराद्वारा आमाको हत्या

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान छोरालाई पक्राउ गरेको छ ।
धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाइ पक्राउ गरेको हो।
उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...