कक्षा ११ र १२ का शिक्षकले कालोपट्टी बाँधेर गरे अध्यापन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
कक्षा ११ र १२ का शिक्षकले आफ्ना १६ बुँदे मागबारे सोमबार ७७ वटै जिल्लाबाट सांसदहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएर मंगलबार कालोपट्टी बाँधेर अध्यापन गरेका छन्।
देशभरका करिब तीन हजार पाँच सय साबिक उच्च माध्यमिक विद्यालयमा सात लाख विद्यार्थी अध्ययनरत छन। सरकारले एकजना पनि स्थायी दरबन्दीको शिक्षक उपलब्ध नगराएको विरोधमा उनीहरूले कालोपट्टी बाँधेर अध्यापन गरेका हुन्।

उमाविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत छन्। ३० वर्षदेखि कक्षा ११ र १२ सञ्चालन हुँदै आए पनि स्थायी शिक्षक उपलब्ध नगराउँदा एसएलसी परीक्षाको गुणस्तर खस्किएको र लामो समयदेखि कार्यरत शिक्षकको भविष्यसमेत अनिश्चित बनाएको भन्दै उनीहरू एक सातादेखि आन्दोलित छन्।
यसक्रममा ३० भदौमा कक्षा ११ र १२ अध्यापन हुने विद्यालयमा पेनडाउन गरी पठनपाठन एक दिनका लागि स्थगन गर्ने आन्दोलनका कार्यक्रम तय गरिएको माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष दीपकराज सुवेदीले बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...