आज्ञा खबर
महोत्तरी
नेपाल रेल्वे कम्पनीले आज दोस्रो चरण अन्तर्गत परिक्षणका लागि कुर्थादेखि विजलपुरासम्म रेल चलाएर रेलको परिक्षण गर्ने भएको छ ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म पहिलो चरणमा परीक्षण गरेर रेल सञ्चालनमा आइसकेपछि दोस्रो चरण अन्तर्गत आज परिक्षण गर्न लागिएको हो। दोस्रो चरणमा १७ किलोमिटर रेल्वे खण्डमा बिहान १० बजेदेखि ५ बजेसम्म रेल गुडाएर परिक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका इन्जीनियर रबिन्द्र शाहले बताए ।
रेल प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा गुडाएर परिक्षण गरिनेछ । निमार्णको मुख्य कामहरु सम्पन्न भइसकेपछि यस खण्डमा बिहीबार रेल गुडाएर परीक्षण गर्न लागिएको हो ।
आज कुर्था–बिजलपुरामा रेल गुडाएर ट्रयाल गर्न लागिएको र यो सफल भएपछि भारतले बाँकी रहेको तेस्रो खण्डमा पनि छिट्टै रेल गुडाउने तयारी गर्ने शाहले बताए ।





































