आज्ञा खबर
रौतहट
रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ।
ज्यान जानेमा जिल्लाको ग?डा नगरपालिकाको वडा नं. २ गेडीगुठीका दिनेश सहनीकी अन्दाजी १४ बर्षीय छोरी अम्बिका कुमारी सहनी रहेको ईलाका प्रहरी कार्यालय ग?डाले जनाएको छ।
आईतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट प्रवाहभई उनको मृत्यु भएको बताईएको छ।





































