रघुबिर दम्पती धनुषाको छुट्टाछुट्टै क्षेत्रबाट सिफारिस

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दुई दम्पतीलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो
एमालेको आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । दुवैको नाम सर्वसम्मतले सिफारिस भएको बताईएको छ ।

क्षेत्रीय समितिबाट भएको सिफारिस जिल्ला कमिटिमा आउने र यहाँबाट प्रदेश कमिटिमा पठाइने एमालेले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...