आज्ञा खबर
पर्सा
वातावरणमन्त्री प्रदीप यादवलाई जनता समाजवादी पार्टी पर्साले क्षेत्र नम्बर १ को संघीय उम्मेदवारमा नाम सिफारिस गरेको छ ।
जसपा पर्साको वीरगञ्जमा सम्पन्न क्षेत्रीय भेलाले सर्वसम्मत रुपमा मन्त्री यादवको नाम प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको पार्टीका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।
यादवले गएको २०७४ सालको संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका विचारी यादवलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।
