नक्कली नोटको नमूना कागजातसहित सर्लाहीबाट एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको बहादुरपुरबाट नक्कली नोटको नमूना कागजातसहित शुक्रबार सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बजारमा खटेको सशस्त्र प्रहरीको टोलीले नुवाकोटको ककनी गाउँपालिकाका ३२ बर्षका हिरामान लामालाई नेपाल–भारत सीमावर्ती क्षेत्र बहादुरपुरबाट ठूलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागजसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआईजी गणेशठाडा मगरले जनाएका छन् ।
उनका अनुसार प्रहरीले नगद ४० हजार रुपैयाँ र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद गरेको हो भने पक्राउ परेका लामाको साथबाट १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको एक थान चेक, ग्लोबल आईएमई बैँकको चेक पासपोर्ट, बिलबुक र मोवाइल एक÷एक थान, दुई थान एटिएम कार्ड र नागरिकता समेत बरामद गरेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...