आज्ञा खबर
रौतहट
रौतहटमा दाइजोको बिषयलाई लिएर श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका ५ का रोशनकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ। गुप्ताले विवाहमा ३० लाख भारु लिएका थिए ।
विवाहपछि उनले कार मागेका हुन् । तर दिन नसकेपछि गुप्ताका परिवार मिलेर प्रियादर्शनीलाई कुटपिट र यातना दिएपछी गुप्ताकी श्रीमती प्रियादर्शनीले प्रहरीमा जोहरी दिएपछी गुप्ताका परिवारविरुद्ध अदालतमा मुद्दा चलेको थियो । त्यसपछि गुप्ता फरार भए । जिल्ला प्रहरीले फरार गुप्तालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गुप्ताले भारत विहार शिवहर जिल्ला पिपरा थाना बसहिया गाउँका २४ वर्षीया प्रियादर्शनीसित २०७७ मंसिर १० मा विवाह गरेका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल मल्लले गुप्तालाई अदालत पेस गर्ने तयारी भइरहेको बताए ।





































