आज्ञा खबर
धनुषा
सरकारले मंसिर ४ गतेका लागि आम निर्वाचनको मिति घोषणा गरेसँगै जनता समाजवादी पार्टी (जसपा) ले धनुषाको ४ प्रतिनिधिसभा क्षेत्रका लागि १२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
निर्वाचनका लागि नाम सिफरीस हुनेमा धनुषा क्षेत्र नम्बर १ बाट दीपक कार्की एकलरूपमा रहेका छन् ।
यस्तै धनुषा क्षेत्र नम्बर २ बाट पाँचजनाको नाम सिफारीस भएकोे छ । जस्मा बलराम महतो, सूर्यचन्द्र यादव, गजाधर रोहिता, देवकृष्ण मण्डल र रामशंकर पासवानको नाम जसपा क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नम्बर ३ मा लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुर जसपाको उम्मेदवार सिफारिस भएका छन्
यस्तै क्षेत्र नम्बर ४ मा जसपा क्षेत्रिय कमिटीले महाजन यादव र बलराम महतोलाई उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्वर २ बाट उम्मेदवार सिफारिस महतो क्षेत्र नम्वर ४ बाट पनि सिफारिसमा परेको जसपा धनुषाले जनाएको छ।





































