चार प्रदेशमा आज भीषण वर्षाको सम्भावना

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका चार वटा प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा आज चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको हो।

उक्त प्रदेशका वर्षा हुने क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेकाले र नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन तथा यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...