आज्ञा खबर
महोत्तरी
देशकै जेठो गुरुकुल मानएिको महोत्तरीको मटिहानीमा रहेको राजर्षि संस्कृत माध्यमिक विद्यालयले ६ जना छात्राहरुको अभिभावकत्व लिएको छ्।
आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट बन्चित रहेकी ६ जना छात्रालाई शनिबार विद्यालयका प्राचार्य ईश्वरी पौडेलले छात्राकै घरमा गएर कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउदै अभिभावकत्व ग्रहण गरेका हुन्।
पौडेलले जलेश्वर नगरपालिका– ५ का पर्सापतैली र चौरिया गाउँका सिमान्तकृत, पिछडिएका समुदायकै घरमा गएर उच्च शिक्षा दिलाउने आश्वासन दिलाएका हुँन ।
’विगतमा पनि चमार, राउत, खत्वेजस्ता दलित तथा आर्थिकरूपले विपन्न एवम् पिछडिएका समुदायका छात्राहरू आर्थिक अभावकै कारण उच्च शिक्षा लिनबाट बन्चित थिए। यसपटक उच्च शिक्षामा यस्ता छोरीको पनि पहुँच बनाउने गुरुकुलको उद्देश्य लिएर आफूले पहलकदमी लिएको विद्यालयका प्राचार्य पौडेलको भनाई छ। उनले पाठ्यपुस्तक, पोशाक, रजिष्ट्रेशन फारम शुल्क राजश्वको बन्दोवस्त कुनै माध्यमको सहयोग लिएर उनीहरुको लागि उच्च शिक्षाको बन्दोबस्तमा आफूले पहलकदमी लिएको जनकारी दिए।
