सृष्टि क्षेत्री
बर्दिवास
महोत्तरीको बर्दिवास ३ निवासी बिशाल बिष्ट आलमुनियमको झ्याल ढोका बनाउने काम गर्दछन। आर्थिक अवस्था दयनिय भएकै कारण उच्च शिक्षा हासिल गर्न नपाएका बिशाल आफ्नो दैनिकी चलाउन र परीवारको भरण पोषणकालागी १७ बर्षकै कलिलो उमेरमै श्रम गरेर दैनिक जिबिका चलाउन बाध्य थिए। उनलाई २०७९ साल साउन १७ गत्ते एक्कासी हनहनी ज्बरो आयो ज्वरो आएको तिन दिन पछी समेत ज्वरो बिशेक नभएपछी घरमा रहेका बिशाल एक्कासी बेहोस भई अचेत भए।
बेहोश भएपछी बिशाललाई परीवारका सदस्यले बर्दिवास स्थित बर्दिवास जनसेवा अस्पतामा भर्ना गरे अस्पताल भर्ना पश्चात थप तिनदिन सम्म पनि ज्वरो निको नभएपछी र उनकाे होस नखुलेपछी जनसेवा अस्पतालले रोग समेत पत्ता नलगाएपछी उनलाई काठमांडौ स्थित बीर अस्पतालमा रेफर गरीयो। रेफर पछी काठमांडौ बीर अस्पतालका डाक्टर गणेश श्रेष्ठले बिशालको चेक जाँच गर्छन। जाँच गरेपछी उनिमा मेनेन्जाईटिस जस्तो प्राण घतक रोग तथा फेक्सोमा इन्फेक्सन देखा पर्छ।
साउन २० गत्ते देखी हालसम्म अचेत अवस्थामै अस्पतालको भेन्टिलेटर तथा आईसियु कक्षमा उपचार गराईरहेका बिशालको प्रतीदिन उपचारमा करीब ४० हजार रुपैया देखी ५० हजार सम्म खर्च लाग्ने परीवारीक श्रोतले जनाएको छ। हाल उनको आफन्त र नातेदारको आर्थिक सहयोगमा उपचारमा ७ लाख रुपैया खर्च भईसकेको छ। आर्थिक बिपन्नताकै कारण बिशालको थप उपचारमा कठिनानाई भईरहेको छ। उनको उपचारमा लाग्ने अन्य खर्चको जोह गर्न परीवारले नसक्ने भए पछी उपचारकालाी लाग्ने बाँकी रकम जुटाईदिएर जिवन रक्षा गरीदिन बिभिन्न संघसंस्था उद्योग बयवसायी राजनितिक दल लागायत सर्वसाधारण सबैलाई अनुरोध गरेका छन। साथै सहयोगकालागी सिटिजन बैक लिमिटेड बर्दिवास शाखाको खाता नम्बर ०५७०१०००००२२८०१० मा सहयोगी मनहरुले सहयोग गर्ने रकम जम्मा गरीदिनहुँन सादर नमन गरेकाछन। साथै बिरामीको सहयोगमा नगद सहयोग गर्ने सहयोगी मनहरुकालागी बिशाल बिष्टको फुपु बिष्टकोमोवाईल नम्बर ९८६११२०५०३ मा सम्पर्क गरी सहयोग गरी जिबन रक्षा गरीदिन हुँन बिरामीको परीबारले सबै सहयोगी मनहरुमा हार्दिक नमन गरेको छ।





































