लागु औषधसहित निजगढबाट २ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले शुक्रबार चेकजाँच गर्ने क्रममा दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
पूर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट पथलैयाबाट निजगढ आउँदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका –९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६–२६ थान बरामद गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानकालागी उनीहरूलाई ईलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको प्रहरीले जनाएको छ ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...