महोत्तरी प्रहरीको २ करोड ४० लाखभन्दा बढी ६ महिनामै राजस्व सङ्कलन

[sharethis-inline-buttons]

आज्ञा खबर

महोत्तरी 

महोत्तरी प्रहरीले २ करोड ४० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीको ६ महिनाको कार्यकालमा महोत्तरी प्रहरीले २ करोड ४० लाख ४८ हजार ७८६ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

फागुन महिनामा मात्रै ३४ लाख ६१ हजार ७१ रुपैयाँ राजस्व सङ्कलन भएको एसपी पंगेनीले बताए। एसपी पंगेनीका अनुसार विभिन्न किसिमको लत्ताकपडा, किराना सामानहरू, सवारी साधन र नगद बरामद भएको थियो ।

त्यस्तै चैत महिनामा ६८ लाख ६६ हजार ५८३ रुपैयाँ, वैशाखमा २२ लाख ८७ हजार ९६५ रुपैयाँ, जेठमा ३० लाख ८१ हजार ४०० रुपैयाँ, असारमा ५० लाख ४२ हजार ३३४ रुपैयाँ र चालू आवको साउन महिनामा ३३ लाख ९ हजार ४२५ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

विभिन्न किसिमको लत्ताकपडा, किराना सामानहरू, सवारी साधन र स्रोत नखुलेको रकमसँगै फागुनमा २ जना, चैतमा ३ जना, वैशाखमा १ जना, जेठमा ३ जना, असारमा ६ जना र साउनमा १ जना गरी १६ जना समेत पक्राउ परेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...