नारी सर्जक सम्मानित

[sharethis-inline-buttons]

 

आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आयोजित एक कार्यक्रममा साहित्य, कला र संस्कृति क्षेत्रमा अनवरत साधना गरिरहेकी एक महिला सर्जक सम्मानित भएकी छन् ।
स्थानीय गौरीशंकर होटलको सभाहलमा जानकी नारी समाज महोत्तरीले सम्मान तथा भेटघाट कार्यक्रममा सर्जक जमुना पोखरेललाई सम्मानित गरेको हो । सो कार्यक्मकी प्रमुख अतिथि प्रदेश सांसद माननीय शारदादेवी थापाले विभिन्न सामाजिक रीति रिवाज र संस्कारका नाउँमा महिलाहरु माथि हुने ज्यादती र विभेदको अन्त्य गर्नेतर्फ पनि यो संस्थाको ध्यान जाओस् र प्रक्रिया र विधि अनुसार चल्दै आफ्नो उद्देश्य प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो ।

 

त्यसैगरी विशिष्ट अतिथि सरिता ढुङ्गाना, विशेष अतिथि बर्दिवास नपा उप प्रमुख तारादेवी महतोले पनि शुभकामन दिँदै जानकी नारी समाज सार्वजनिक भएकोमा खुशी व्यक्त गर्नुभयो ।

सदस्य देवी घिमिरेद्वारा स्वागत भाषण गरिएको सो कार्यक्रममा आमन्त्रित अतिथिहरुमध्ये प्रलेस महोत्तरीका उपाध्यक्ष तथा शिशिर घिमिरे स्मृती प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र पोख्रेल, बर्दिवास छन्द चौतारीका अध्यक्ष तथा प्रलेस केन्द्रिय पार्षद् प्रेमकुमार घिमिरे, प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे, नेपाल बुद्धिजीवी परिषदका उद्धवप्रसाद भट्टराई पत्रकार फुलगेन मगहीलगायतले जानकी नारी समाजले समाजमा सकारात्मक भुमिका निर्वाह गर्दै अघि बढोस् भन्ने कामना गरेका थिए ।

सचिव रमा ढकालद्वारा उद्घोषित उक्त कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै सो समाजकी अध्यक्ष मञ्जु मञ्जुभाषिणीले समाजको विधान , उद्देशय, काम गर्ने क्षेत्र तथा भावी कार्यदिशाबारे प्रकाश पार्नुभएको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...