आज्ञा खबर
बारा
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामबाराको निजगढ स्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न १० जना विज्ञलाई समेटेर टोली गठन गरेको छ ।
सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो । सर्वोच्चको सो आदेशको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउजा नेतृत्वको सो टोलीमा पूर्व अर्थसचिव रामेश्वर खनाल र पूर्वाधार विद् सूर्यराज आचार्यलगायत सदस्य रहेका छन् ।
सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको हो।
समितिलाई निजगढ विमानस्थलको स्थलगत अध्ययन गरेर आफ्नो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ ।





































